कुन राशीको ब्यत्तिलाई कती यौन चाहना हुन्छ जान्नुस्

एजेन्सी ।

यौन चाहना सबैमा हुन्छ तर कसैमा कम कसैमा बढी । मनोपरामर्शदाताका अनुसार मानसिक र शारिरीक रुपमा स्वस्थ रहन पनि यौन जीवन आवश्यक हुन्छ । यौनको मामलामा पनि मानिसहरुमा फरक फरक गुण र व्यवहार देखाउछन् । त्यतिमा हैन ज्योषिशास्त्रका अनुसार राशीका आधामा पनि यौनिक व्यवहार फरक हुने गर्छ ।

राशि अनुसार भिन्न हुन्छ यौन चाहना

मेष : यो राशीका मानिसहरु छिट्टै आवेगमा आउँने भएकाले कामुकता पनि अत्याधिक हुन्छ । तर, छोटो समयका लागी मात्रै यौन सम्बन्ध राख्न चाहन्छन् । यौन सम्बन्ध राख्ने बेलामा उनीहरु आतुर हुन्छन् तर कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् ।

वृष : यो राशीका ब्यत्तिहरु धैर्यवान तथा चुम्बन गर्न मन पराउने खालका हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । वृष राशी भएकाहरुलाई एक अर्कालाई माया गर्नुपर्ने र यौन सम्बन्ध लामो बनाउने चाहना राख्छन् । यौन सम्बन्धका लागी धेरै आग्रह ,पहल गरेको बृष राशीका मान्छेलाई मन पर्दैन ।

मिथुन : मिथुन राशीको स्वामी बुध भएकोले कामुक भावना प्रवल हुन्छ । यौनका लागि यिनीहरु पनि निक्कै आतुर र चाँड नै तयार हुन्छन् । यौन सम्बन्ध जारी रहेको बेलामा यिनीहरुलाई प्रेमलाप गरेको मन पर्छ । आफ्नो पाटनरको सन्तुष्टिप्रति यिनीहरु सधैं सजग रहन्छन् ।

कर्कट : यो राशीका भावुक र मानसिक रुपमा संवेदनशील हुने भएकाले प्रेममा उत्साहित हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द लिन नसक्ने र आफ्नो पाट्नरको भन्दा आफ्नो खुशीलाई बढी महत्व दिने गर्छन् । यो राशीका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा केही कुराको कमि महसुस भइरहन्छ ।

सिंह : सिंह राशीका मानिस स्थिर स्वभावका हुने भएकाले पर्खिरहने पाटनरको इशारा हो । यिनीहरुको भावना सहजै व्याप्त हुँदैन । तर इशाराको पर्खाइमा भने हुन्छन् । यौन सम्बन्धको समस्यामा यिनीहरु निक्कै जोससहित प्रस्तुत हुन्छन् । सोहि कारण पाट्नरको भावना भने त्यत्ति बुझ्दैनन् ।

कन्या : कन्या राशीमा यौनप्रति विशेष रुची हुन्छ तर केही लाज मान्ने स्वभावका हुनाले प्रेमी प्रेमिका वा पति पत्निसँग प्रेम व्यक्त गरिहाल्दैनन् । यो राशीका मानिस यौन सम्बन्धको बेला समय वर्वाद गर्दैनन् । प्रेमप्रति भने पूरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

तुला : तुला राशीका व्यक्ति आफ्नो पाटनरको खुशीमा ध्यान दिने र सम्बन्ध बढाउन चाहने खालका हुन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशीको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भइहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

वृश्चिक : वृश्चिक राशीमा कामुक भावना प्रवल हुन्छ । वृश्चिक राशीको स्वामी मंगल भएका कारण यो राशी भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरु अति उत्साहका कारण पाटनरलाई भने केही कठिनाइ महसुस हुन्छ ।

धनु ( धनु राशी भएकाहरु जतिबेला पनि यौनका लागि तयार हुन्छन् । यिनीहरुलाई यौन क्रिडाकाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

मकर : मकर प्रेममा विस्वास गर्न लायक राशी मानिन्छ । यो राशीका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन र चुम्बन गर्न मन पराउछन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । यिनीहरुलाई पनि यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पाटनरको सन्तुष्टिप्रति कम सचेत हुन्छन् ।

कुम्भ : कुम्भ राशीलाई प्रेममा नयाँ नयाँ प्रयोग गर्न मन पर्छ । यो राशी भएकाहरु यौन क्रिडाका लागि अति नै उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीका प्रयोग गर्न उनीहरु लालायित हुन्छन् । यौन क्रिडा गरीरहँदा अन्य कुरा गर्न उनीहरु मन पराउँदैनन् । आफ्नो पाटनरलाई खुशी पार्न उनीहरुको ध्यान केन्द्रीत हुन्छ ।

मीन : मीन राशीको सम्बन्ध सुखद र आनन्दायक हुन्छ । यो राशीका व्यक्तिमा भावनाको प्रवलता हुन्छ । पाटनरको भावना बुझेर सन्तुष्टिमा ध्यान दिन्छन् । यिनीहरु पनि यौन चाहना अत्याधि हुन्छ । कुम्भ राशी जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराउँछन् ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया