पूर्व राष्ट्रपति यादव क्यान्सर मुक्त , अक्टोबर अन्तिम साता नेपाल फर्कने

काठमाण्डौ , असोज २४ ।
अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादव क्यान्सर मुक्त हुनुभएको छ ।

चिकित्सकले करिब चार घन्टा लगाएर रोबोटिक सर्जरी प्रविधिमा आधारित प्रोस्टेटको शल्यक्रिया मार्फत उहालाई क्यान्सर मुत्त गराएका हुन् ।

पूर्वराष्ट्रपति यादवकी छोरी अनिता यादवले ‘गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथिगृहमा चिकित्सकको निगरानीमा रहनुभएको जानकारी गराउनु भयो ।

उहाका अनुसार यादव क्यान्सरको संक्रमणबाट मुक्त हुनुभएको र अहिले उहाँलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

गत अक्टोबर २ तारिखको दिन डा. मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो ।

यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्कने कार्यक्रम रहेको छ ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter