देशभरको शान्ति–सुरक्षा सामान्य : गृह मन्त्रालय

काठमाडौं, असोज २४ ।

गृह मन्त्रालयले दशैको अवशरमा मुलुकमा कुनै पनि अग्रिय घटना नभएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले देशभर शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको बताउनुभएको हो ।

सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेको जानकारी गराउदै उहाले केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको बताउनु भयो ।

आइबार राति तनहुँको आबुखैरेनीमा गएको पहिरो बिहान पन्छाइएकाले यात्री सहजरुपमा आवत–जावत गरिरहेको मन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter