आफु राष्ट्रपति भए हिलेरीलाई जेल हाल्ने ट्रम्पको चेतावनी

एजेन्सी असोज २४ । अमेरीकी राष्ट्रपतिका उम्मेद्धार डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भए ईमेलको मामलामा हिलेरी क्लिन्टनलाई जेल हाल्ने चेतावनी दिएका छन् ।
हिलेरीले विदेश मन्त्री भएको बेला सरकारी ईमेल प्रयोग गर्नुको सट्टा आफ्नो निजी घरबाट निजी ईमेल प्रयोग गरेर गलत गरेको आरोप लाग्दै आएको छ ।

दोस्रो डिवेडमा भाग लिएका उनीहरुले एक अर्कालाई आरोप लगाउने क्रममा ट्रम्पले हिलेरी असफलताको प्रतीक भएको टिप्पणी गर्दै लिडरसिप हुन फरक क्षमता हुनु पर्ने चर्चा गर्नु भयो ।
यस्तै डेमोक्रयाटीक उम्मेद्धार हिलेरी क्लिन्टनले ट्रम्ले महिलामाथि राख्ने सोच गलत भएको ,अल्पसंख्यक, मुस्लिम लगायतका समुदायलाई संवोधन गर्न नसकेको र रुससग‘ डिल गरेको आरोप लगाउदै राष्ट्रपतिका लागि अनफिट रहेको टिप्पणी गर्नु भयो ।
त्याहा भएको मिनि पोलमा हिलरीलाई ५७ प्रतिशत र ट्रम्पले ३४ प्रतिशत मत हात पार्न सफल हुनु भयो ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...