ताप्लेजुङमा आगलागी ,२ करोड बराबरको क्षति


ताप्लेजुङ, असोज २४ । ताप्लेजुङको खेवाङ बजारमा आज बिहान आगोलागी हुँदा तीन घर जलेर नस्ट भएको छ ।

आगोलागीबाट खेवाङ–४ का श्रीप्रसाद भट्टराई, रितुवर्ण दाहाल र कृष्णप्रसाद दाहालको घर जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे १ बजेबाट आगोलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

कृष्णप्रसाद दाहालको भान्छाबाट सल्केको आगोले अरु दुई घर पनि जलेका हुन् । तीनओटै घरमा पसल रहेको र अलैंचीसमेत गोदाम गरी राखेकाले ठूलो क्षति भएको जनाईएको छ ।

स्थानीय र प्रहरीको सक्रियतामा करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया