महिला विश्वकप क्रिकेटको छनोटमा आज नेपाल र थाइल्यान्ड भिड्दै

काठमाडौं, असोज २४ ।

हङकङमा जारी महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

हिजो भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो भने थाइल्यान्डले चीनलाई ७५ रनले हराएको थियो ।

एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । समूहका प्रत्येक टोलीले एक–अर्कासँग २–२ खेल खेल्नेछन् ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार

Like us On Facebook

Follow Us On Twitter