१७ घन्टा ट्रान्जिट परेपछि मनोज गजुरेलले पाए ‘अन्तराष्ट्रिय पुरस्कार’

कलाकार मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्र्यि पुरस्कार मिलेको छ । क्लालालम्पुर एयरपोर्ट अथोरिटिले उनलाई ‘ट्रान्जिट पेसेन्जर अफ द डे’को रुपमा पुरस्कृत गरेको हो । गजुरेल मलेसियन एयरलाईन्सबाट सिड्नी–काठमाण्डौको उडानमा थिए । जस अन्तर्गत क्वालालम्पुरमा १७ घण्टा ट्रान्जिट परेको थियो ।

‘लामोभन्दा लामो ट्रान्जिटलाई पनि रमाइलो तरिकाले ब्यहोर्ने यात्रुलाई यो पुरस्कार दिइन्छ ।’ एयरपोर्ट अथोरिटी प्रमुख मरियम अनवरले भनिन् । ‘१८–८ इन्चको सानो सिंगल सोफामा चामत्कारिक ढंगले सुत्न, बस्न र योगासन गर्न सकेकाले उनलाई सम्मानित हुनु भएको हो ।’ मलेसियन एयरलाईन्सका प्रवक्ता टायर्ड स्पिडले भने, ‘ट्रन्जिट लामो भयो भनेर हामीसँग रिसाउने यात्रुहरुले मनोजसरले प्राप्त गरेको एप्पलको म्याकबुकबाट सिक्नु जरुरी छ ।’

‘पहिलो ८ घण्टा एयरपोर्ट भित्रकै होटलमा बिताएपछि बाँकी ९ घण्टा लाउन्जमा बसेका थियौं ।’ मनोजका सिड्नी देखिका सहयात्री उपेन्द्र बस्नेतले भने, ‘मनोजदाइले प्राप्त गरेको पुरस्कार हामी सबै ट्रान्जिटेहरुको पुरस्कार हो । यति लामो ट्रान्जिट सबैलाई सधैं परोस् ।’ उनले थपे, ‘झन्, बृद्धबृद्धा र बालबालिकालाई झन् कति मज्जा आउंदो हो !’

१७ घण्टे ट्रन्जिटमा अरु थुप्रै यात्रुहरु भएपनि मनोज नै किन सम्मानित भए भन्ने प्रश्नको जवाफमा सुरक्षा प्रमुख म्याउ सि चाउले सिसि क्यामेराको तथा केही तस्वीरको सार्बजानिक प्रदर्शन गर्दै भने, ‘यस्तो अजंगको मान्छे यति सानो सोफामा गँडुल्कासन, उत्तानासन, घोप्टासन, ठाडाखुट्टासन, किकासन, भद्रासन लगायतका आसन गर्न सक्नु बाँकी यात्रु तथा हाम्रालागी अद्भुत घटना थियो ।’
उनले क्वालालम्पुर एयरपोर्ट प्रमुख मार्गरिटा अनवरबाट पुरस्कार स्वरुप म्याकबुक प्रो, रेटिना फिप्टिन इन्च प्राप्त गरे ।क्वालालम्पुर एयरपोर्ट प्रमुख मार्गरिटा अनवरबाट पुरस्कार स्वरुप म्याकबुक प्रो, रेटिना फिप्टिन इन्च प्राप्त गरेपछि संबद्ध सबै पक्षलाई आभार तथा मलेसियन उड्ययन मन्त्रालयलाई धन्यवाद दिएपछि मनोजले हाई काड्दै भने, ‘हैट, कस्तो अनौठो सपना देखिएछ !’

काठमाण्डौ आईपुगेपछि उनले फेसबुकमा लेखेका छन् ,मेलबर्न, ब्रिसबेन, सिड्नी, क्वालालम्पुरहुंदै होस हवासमै काठमाण्डौ आईपुगेको जानकारी गराउंदछु ।

गजुरियल डटकमबाट

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...