प्रहरीले मार्यो एक भारतीय अपराधी

असोज २३ २०७२ बीरगञ्ज । नेपाली सिमा क्षेत्रमा लुटपाट र चोरी डकैती गर्दै आएका भारतीय एक अपराधीलाई प्रहरीले ईन्काउटर गरी मारिदिएको छ ।
ती अपराधीले चेकजाचको क्रममा प्रहरीमाथि नै गोली हाने पछि प्रहरीले ईन्काउटर गरेको हो ।
प्रहरी स्रोतले मारिएका ती अपराधी केही महिना अगाडि भएको बीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न आरोपी सीमापारी समस्तीपुर घरभइ रक्सौल बस्दै आएका दिलसाद आलम हुन् । पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले घटनाको पुष्टी गर्नु भएको छ ।
बीरगन्ज उपमहानगरपालिका को वडा नम्बर १९ भिस्वा टोलमा सडकमा चेकिङमा रहेका प्रहरीमाथि रक्सौल तर्फबाट आएको मोटरसाईकलमा सवारले फायरिङ गरेर भाग्न खोजेपछि जवाफी कारवाही गरिएको एसपी श्रेष्ठले बताउनु भयो ।

व्यापारिक कामका सिलसिलामा बाराको गढीमाई पुगेर फर्किदै गरेका बेला गत जेठ १३ गते साँझ व्यापारी केडिया कलैया नगरपालिकाको पसाहा पुलबाट अपहरणमा परेका थिए ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter