दशैमा राजधानी प्रायः सुनसान, आवतजावतमा समस्या

काठमाडौ ,२४ असोज ।

हिन्दु नेपालीहरुको महान पर्व दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ ।

उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस दशैका लागी आफ्नो जन्मथलो हिडेपछि उपत्यकाका मुख्य बजार, सडक चोकका पसलहरु बन्द छन् ।

दैनिक जाम हुने सडकमा पातलो सङ्ख्यामा सवारी साधन गुडिरहेका छन् भने मानिसको चहलपहल पनि न्यून छ । पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारणलाई भने समस्या परेको छ ।

सार्वजनिक सवारी साधन तथा ट्याक्सीहरुपनि न्युन हुदा राजधानीमा रहेका सर्वसाधारणलाई दसैँका बेला आवत जावतमा नै समस्या भएको सर्वसाधारणको गुनासो छ । यस्तै अत्यावश्यक खाद्य पदार्थ तरकारी आदि सामान नपाउने र पाएपनि अत्याधिक महङगो भएको उनीहरुको गुनासो छ ।

उपत्यकामा यात्रुको सुविधालाई मध्यनजर गरी नेपाल प्रहरी र नेपाली सेनाले विभिन्न रुटमा गाडी सञ्चालन गरिरहेको भएपनि धेरै यात्रु उक्त सेवाको पहुँचमा नभएको पुरानो डिल्लीबजारकी निर्मला शर्माले बताईन् ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...