
काठमाडौं, असोज २४ ।
दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ।
घटस्थापनाका दिन आ आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ।
आज दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल चढाउने गर्दछन् ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ।
यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने गर्दछन् ।
आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।
प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा कुमारी महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तसति पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन र सो कलशको जल अभिषेक गरी टीका प्रसाद लगाउनाले वर्षाभरि नै सुख शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास रहिआएको छ ।
आज सबेरैदेखि देशभरका देवी भगवतीका मन्दिर एवम् शक्तिपीठहरुमा असङ्ख्य श्रद्धालु भक्तजनहरुको भीड लागिरहेको छ ।
अहिले काठमाडौको हनुमानढोकामा रहेको ऐतिहासिक तलेजु मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरु पूजा आराधना गरिरहेका छन् ।
तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा १ पटक आजका दिन मात्र खोल्ने गरिएको छ।
सोम, अशोज २४, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको