भारतीय डाँकाको चोरी–डकैती, सीमाबासी नेपाली त्रसित

भारतको बिहार राज्यसंग सिमाना जोडिएका सुनसरी जिल्लाको १ दर्जन गाबिसका सर्बसाधारण गाउमा भरपर्दाै सुरक्षा ब्यवस्था नभएको भन्दै आफनो धनमाल चोरी हुने डरले रातभर जाग्राम नै बस्नुपर्नै बाध्यतामा छन । भारतीय डाकाहरुको समुहले गाई,भैसी खसीबोका, सानो सबारी साधन लगायतका सरसमान चोररे लान थालेपछि गाईभैसीको गोठमा नै सुत्नुपरेको स्थानीय बताउछन ।
सीमा क्षेत्रको सुरक्षाको जिम्मा लिएको सशस्त्र सुरक्षा बलले समेत नियमित गस्ती नगरेकै कारण सुनसरीका सीमावर्ती गाबिसहरु हरिपुर, श्रीपुर, लोकही, बसन्तपुर घुस्की, कप्तानगन्ज, साहेबगन्ज, अमडुवा लगायतका गाविसका सर्वसाधारणहरुको धनमाल भारतीय डाँकाहरुले चोरी गर्ने गरेको स्थानीयको आरोप छ ।
गत मंसिरमा भारतीय सुरक्षा बल एस एस बी ले सुनसरीको भण्टाबारी ७ मा प्रबेश गरि ४ जना नेपालीलाई गोली हानेपछि त्यस क्षेत्रमा शसस्त्र सुरक्ष बलले नियमीत गस्ती गर्दै आएको थियो । तर अहिले शसस्त्र बलले पनि सिमा सुरक्षा गस्ति गर्न छाडेका छन । एस एस बी हरुले गोली हानेका नेपालीहरुको क्षतीपुर्ति सरकारने नदिएको पिडितहरुले गुनासो गरेका छन ।

उता सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईले तिन बटै सुरक्षा निकायलाई सुनसरीको सिमा क्षेत्रमा सुरक्ष ब्यवस्था कडा पार्न निर्दैशन दिनुभएको बताउनुहुन्छ ।

भारतीय डाकाहरुले गरेको नेपाली प्रतिको ज्यादती नियन्त्रण गर्नका लागीसम्बन्धीत निकायले ध्यान दिनुका साथै स्थानीय जनताहरु पनि चनाखो हुनुपर्नै जरुरी देखिन्छ ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...