सुनसरीको इटहरीमा मोटसाइकल दुर्घटनामा दुईजनाको ज्यान गयो

धरान , २३ असोज ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती पुल नजिक आज बिहान भएको मोटसाइकल दुर्घटनामा एकै घरका दाजुभाइको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ जादै गरेको को १६ प ७७६८ नंम्बरको मोटरसाइकल सवार इटहरी–५ बस्ने मदन गुरुङ र कुमार गुरुङको दुर्घटना परि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
अत्यधिक मापसे सेवन गरेका कारण उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोम, अशोज २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया