
काठमाण्डौ ,२३ असोज ।
थाइल्यान्डको राजधानी बैंककमा रहनुभएका परराष्ट्रमन्त्री प्रकाशशरण महतले संसारमा रहेका नेपालीले अब नेपालको समृद्धि र विकासका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ ।
एसिया कोअपरेशन डाइलग (एसिडी)को सम्मेलनमा सहभागी हुन बैंकक पुग्नुभएका महतले विश्वका बिभिन्न मुलुकमा रहेर आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा लगाउनेबारे योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली दूतावास, गैर आवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र एआइटी नेपाली समाजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक विकासको चरणमा अघि बढेको बताउनु भयो ।
संविधानमा देखिएका कतिपय असन्तुष्टिलाई सम्बोधन गर्न संसोधन प्रक्रिया सुरु भएको जानकारी दिदै उहाँले आगामी दिनमा राष्ट्रिय सहमति र सहकार्यका साथ अघि बढ्ने वातावरण सरकारले निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
एसीडी सम्मेलनमा सहभागि हुन थाईल्याण्ड पुगेका मञ्चका सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको रात्रिभोजलाई सम्बोधन गरेका महतले सम्मेलनको औपचारिक कार्यक्रमलाई भने भोलीमात्र सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा एसियाका ३४ देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा विदेशमन्त्रीको सहभागिता छ ।
आइत, अशोज २३, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले