बाबुराम भट्टराई भन्छन् , पशु बली अन्त्य गरौ

काठमाडौं, असोज २३ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पशु बली अन्त्य गरि नयाँ तरिकाले चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभएको छ ।

बडादसैंको महाअष्टमीको दिन आज बिहान ट्वीट गर्दै भट्टराईले बलिप्रथाको अन्त्य गर्नुपर्ने बताउनु भएको हो ।

पर्व र संस्कारहरुलाई युग अनुकुल सुधार र परिमार्जन गर्दै जानुपर्ने भन्दै उहाले त्यसका लागी बली प्रथा अन्त्य हुनुपर्ने बताउनु भयो ।

भट्टराईले लेख्नुभएको छ ‘एउटाको बलि दिए अर्कोलाई रिझाउने संस्कृतिको अन्त्य गरौं । पर्व र संस्कारहरुलाई युगअनुकुल सुधार र परिमार्जन गर्दै जाऊँ । बलिप्रथाको अन्त्य गरौं ।’

उहाको यस ट्वीटप्रति सामाजिक सन्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् ।

आइत, अशोज २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...