दसैं मनाउन उपत्यकाबबाट २२ लाख बाहिरिए , काठमाण्डौ फर्कन टिकट बुकिङ खुल्यो

काठमाडौं, असोज २३ ।

दसैं मान्नका लागि बिभिन्न नाका हुदै काठमाडौं उपत्यकाबाट करिब २२ लाख बढी यात्रु बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार दशैका लागी आजसम्म उपत्यकाका नागढुंगा, बल्खु, अरनिको राजमार्ग, बीपी राजमार्ग, साँखु, पासाङलामुमार्ग र टोखा—छहरे राजमार्ग लगायतका नाकाहुदै २२ लाखभन्दा बढी नागरिक बिभिन्न बाहिरि जिल्लाका गएका छन् ।

हिजोसम्म यात्रुको अत्याधिक चाप रहेको तर आज भने त्यसको तुलनामा केहि कम हुने जनाईएको छ ।
शनिबारमात्रै दुई लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने शुक्रबार सबैभन्दा बढी तीन लाख ५० हजार यात्रु बाहिरिएका थिए ।

दसैंलाई लक्षित गरी अहिले साना–ठूला गरी दैनिक पाँच हजारको हाराहारीमा सवारी आवत–जावत भइरहेको महासंघले जनाएको छ ।
महासंघले यात्रीको चाप र सुविधालाई मध्यनजर गरी असोज १५ देखि ३० गतेसम्म ‘पकेट पर्मिट’ दिएकाले देशभरका जुनसुकै सवारी जतासुकै सहजरुपमा जानसक्ने व्यवस्था गरेको छ ।

नयाँ गाडी नथपिए पनि देशभरका सबै गाडी राजधानीमा झिकाई यहाबाट यात्रु लगिएको व्यवसायीले बताएका छन् ।

दसैंको पूर्णिमाको दिनदेखि यात्रु फर्कने भएकाले त्यसका लागि अग्रिम टिकट खुला गरिएको र यात्रुको सहजताका लागि सबै कम्पनी–संस्थालाई आग्रह गरिएको महासंघका अध्यक्ष सरोज सिटौलाले बताउनु भयो ।

आइत, अशोज २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया