मकवानपुर यात्रुबस दुर्घटना हुँदा ४१ जना घाइते, २ को अवस्था गम्भीर

मकवानपुर ,२३ असोज ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरस्थित मनहरी गाविस–३ कत्लेखोलामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुदाँ ४१ जना घाइते भएका छन् ।

काठमाडौंबाट सर्लाहीतर्फ जादै गरेको ना ५ ख ४० ९६ नम्बरको बस र काँकडभिट्टाबाट कैलालीतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको बस आज बिहान साढे ३ बजे आजसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मनहरीको प्राथमिक स्वास्थ्य केन्द्र र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

कैलालीतर्फ गइरहेको बसमा २ जना च्यापिएका थिए । तर उनीहरुको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक मनजित कुँवरले बताउनु भयो ।
घाइतेहरुमध्ये २४ जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने १७ जनालाई उपचारको निम्ति भरतपुर लगिएको छ । दुवै बसका चालकहरु घाइते भएका छन ।
तत्कालै इप्रका मनहरीका प्रहरी, एक नम्वर जगदल गणका सैनिक र कत्लेखोलास्थित सशस्त्र प्रहरीले घाइतेहरुको उद्धार गरि अबरुद्ध सडक खुलाएका छन् ।

तीब्र गतिका कारण दुबै बस सडकको बीचमा नै ठोक्कीएर दुर्घटना हुँदा केहिबेर राजमार्ग अबरुद्ध भएको थियो ।

आइत, अशोज २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया