संचारकर्मी लबकुमार भट्टको नयाँ दशैँ गीत “यासपालित आउदै छु म घर” बजारमा

कमल सरगम 
असोज -काठमाण्डौ 
गोर्खा  चौतारी म्यूजिक प्रालिको प्रस्तुतिमा संचारकर्मी तथा गायक लबकुमार भट्ट र हरिमाया ठिङ् सरुको दशैँ गीत “यासपालित आउदै छु म घर” बजारमा आएको छ ।लब कुमार भट्ट र हरिमाया थिङ्को सुमधुर आवाजमा सजिएको यस गीतमा लय भने लब कुमार भट्टकै रहेको छ ।

राजेन्द्र सुबेदीको शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने सुनिल ,कमल ,सुमित र हरिमायाले गरेको छन ।स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा तयार गीतको म्युजिक भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।सुरेश श्रेष्ठको छायांकनमा तयार गीतको सम्पादन भने दिपक बिष्टले गरेका छन ।

बास्तबिक नेपाली सैनिकहरुको कथामा आधारित यस गीतको भिडियो भने गोरखा चौतारी म्यूजिक प्रालिकै युटुब च्यानलमा सार्बजनिक गरिएको छ ।स्वयम आफै ट्राफिक प्रहरी र संचारकर्मी रहेका लब कुमार  भट्टको अघिल्लो सृजनाहरुपानी निकै चर्चामा रहेको थियो ।यस बर्षको दशैको गीत पनि निकै चर्चामा रहेको छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

आइत, अशोज २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...