सरकारले प्रतिपक्षी दललाई नजरअन्दाज गर्योः खनाल

२२ असोज, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले तीन तहको निर्वाचन, संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ऐन कानुन निर्माणमा सहमति जुटाउनका लागि प्रतिपक्षी दलसँग छलफल गरी अगाडि बढ्नसपर्नेमा सरकार चुकेको बताउनु भएके छ ।

नेकपा एमाले काठमाडौ महानगरपालिका वडा नम्बर १५ शाखा कमिटीले आयोजना गरेको चियापान कार्यक्र नेता खनालले सरकारले प्रतिपक्षीको भूमिकालाई नजरअन्दाज गरेको आरोप लगाउनु भयो ।

सरकारले मधेसी मोर्चासँग मात्रै वार्ता गरेर प्रतिपक्षी दलको भूमिकालाई उपेक्षा गरेको उहाको भनाई थियो ।

संविधान कार्यान्वयन र तीन तहको निर्वाचन सम्पन्न गराउन प्रमुख दलबीच एकता आवश्यक रहेको भन्दै खनलले एमालेलाई उपेक्षा गरेर त्यो सम्भव नहुने बताउनु भयो ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...