विश्वकल्याणको कामना गर्दै राजधानीमा नवदुर्गा विशेष साधना

काठमाडौं, असोज २२ ।

विश्वशान्ति अभियान नेपाल श्रीभागवत धामको आयोजना आज राजधानीमा नवदुर्गा विशेष साधनाको अयोजना गरिएको छ ।

विश्वकल्याण तथा समस्त प्राणीहरुमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै साधनाको आयोजना गरिएको थियो ।

नवदुर्गा साधनामा धामका संस्थापक अध्यक्ष भागवतकिंकर मुरलीधर पोखरेलले प्रवचन दिनुभएको थियो ।

दुर्गासाधना गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहँदै आएको छ । राष्ट्रशान्तिका लागि यसप्रकारको साधना हरेक वर्ष गरिनुपर्ने सहभागी साधक–साधिकाहरुको भनाइ छ ।

कार्यक्रममा साधनाको महत्वबारे आचार्य पोखरेलले प्रकाश पार्नुभएको थियो ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया