सप्तरी बोरियामा महिलाको शव फेला

राजविराज, असोज २२ ।

सप्तरी बोरिया गाविस–१ स्थित नहरमा आज शंकास्पद अवस्थामा एक महिलाको शव फेलापरेको छ ।

मुखको दुबैपट्टिको भागमा ढुंगा प्रहार भएको र शरीरको अरु भागमासमेत नीलडाम परेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

नाम–ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको कसैले उनलाई हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।

स्वास्थ्य परीक्षणका लागि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत अध्ययन एवं अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनु भयो ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...