संविधान कार्यान्वयनका लागि छिट्टै सहमति जुट्छ : शशांक

काठमाडौं, असोज २२ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरुबीच छिट्टै सहमति जुट्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–४ ले शनिबार राजधानीमा विजयादशमीको अवसरमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाले दलहरुबीचको सहमतिबाटै संविधान कार्यान्वयन हुने बताउनु भयो ।

संविधान कार्यान्वयन गरी मुलुकलाई निकास दिने जिम्मेवारी प्रमुख दलहरुको भएको भन्दै उहाले कांग्रेसले सहमतिका लागि दलहरुसँग छलफल अगाडि बढाइरहेको समेत बताउनु भयो ।

सबै राजनीतिक दलहरुबीचको एकतामा आफूले जोड दिएको भन्दै कोइरालाले विजयादशमीले सबै राजनीतिक शक्तिलाई एकठाउँमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter