११ दिनपछि मैनालीको अनशन स्थगित

झापा, असोज २२ ।

झापाको बिर्तामोडमा आमरण अनशनमा बसेका स्थानीय सामाजिक अगुवा चैतन्यप्रकाश मैनालीले आज ११ दिनपछि अनशन स्थगित गर्नुभएको छ ।

मेची अञ्चलमा पूर्वाधार पूरा भएका मेडिकल कलेजलाई सम्बन्धन दिइनुपर्ने माग राखेर मैनाली अनशन बस्नुभएको थियो ।
झापाका राजनीतिक दल र प्रशासनको आग्रहमा मैनालीले दसैं अवधिभरका लागि अनशन स्थगित गर्नुभएको हो ।

मैनालीले सरकारले माग पूरा नगरे दसैंपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनसन बस्ने बताउनु भएको छ ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...