तोकिएकै मितिमा निर्वाचन नगराए संकट आउछ : ओली

भक्तपुर, २२ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार निर्धारित समयभित्रै तीनै तहको निर्वाचन नगराए संकट उत्पन्न हुने बताउनु भएके छ ।

बिजया दशमी, दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदानका लागि भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले निर्धारित समयभित्रै निर्वाचन गराउनुपर्ने बताउनुभयो ।

उहाँले समयसिमाभित्र गर्नेपर्ने केही काम पूरा गरी संक्रमणकाल टुंग्याएर मुलुकको आर्थिक उन्नति र सम्वृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले संविधानको कार्यान्वयन मार्फत सानातिना समस्या समाधान गरि सम्वृद्धिको दिशामा लम्किने प्रेरणा मिलोस् भनि शुभकामना समेत दिनुभयो ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया