चीतवन , २२ असोज । दुई साताअघि चितवनको दारेचोकस्थित घोप्टेभीरबाट गाडीसहित वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरेका भाइ मोहनको शव आज बिहान फेला परेको छ ।
तनहुँको देवघाट ४ बगहीस्थित त्रिशुली किनारमा आज बिहान पूर्वमन्त्री माधवका वेपत्ता दुई भाईमध्ये मोहन घिमिरेको शव भेटिएको जिल्ला प्रहरी चितवनका डिएसपी दीपक श्रेष्ठले बताउनु भयो ।
त्रिशुली किनारमा शव देखेर स्थानीय माझीले प्रहरीलाई खबर गरेपछि गएको जिल्ला प्रहरी चितवनका प्रमुख वसन्त कुँवर नेतृत्वको प्रहरी टोलीले शव साथै भेटिएको परिचय पत्र र लाइसेन्सका आधारमा शव मोहनको भएको पुष्टी गरेको हो ।
अहिले शव फेला परेको स्थानमा जिल्ला प्रहरी तनहुँको टोलीले मुचुल्का उठाउने काम गरिरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।
असोज ९ गते मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा घिमिरे परिवार सवार गाडी घोप्टेभीरबाट त्रिशुलीमा खसेर बेपत्ता भएको थियो ।
घिमिरेकी आमासहित ३ को घटनास्थलमा मृत्यु भएको भएको थियो ।
पूर्वमुख्य सचिव समेत रहेका घिमिरे र उहाका दुई भाइ त्रिशुलीमा बेपत्ता थिए । एकसाता सम्म प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजी गरेको थियो । घिमिरे र अर्का एक भाई अझै वेपत्ता छन् ।
शनि, अशोज २२, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले