अत्तरियाको पेट्रोल पम्पमा आगलागी

२२ असोज, धनगढी ।

मोटरसाईकलमा पेट्रोल भर्ने क्रममा कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आगलागी भएको छ ।

पेट्रोल भर्दै गर्दा बा ६७ प ५० २३ नम्बरको मोटरसाइकलमा आज बिहान अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो ।
स्थानीय व्यापारी जयप्रकाश मोहपालको पेट्रोल पम्पमा भएको आगलागीबाट मोटरसाइकलका साथै पेट्रोल पम्प जलेर क्षतिग्रस्त हुदा लाखौ बराबरमा क्षति भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जलेको मोटरसाइकल सोही ठाउँका टेक कुँवरको रहेको बताइएको छ । प्रहरी र धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...