के.सी.द्वारा दसैँ अवधिभरलाई अनसन स्थगित

काठमाडौ, २२ असोज । प्राध्यापक डाक्टर गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगित गर्नुभएको छ । स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षामा सुधारको माग राखेर १२ दिन देखि अनसनमा रहेका डाक्टर केसीले दशैँको अवधिभरलाई आफ्नो अनसन स्थगित गरेका हुन् ।
डा. केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गर्नुभएको हो । विभिन्न माग राख्दै यही असोज १० गते प्रा.डा. केसीले नवौँ आमरण अनशन सुरु गर्नुभएको थियो ।
डा. केसीले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने, विचाराधीन विधेयक संसद्बाट फिर्ता लिनुपर्ने र आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षामा सुधार गर्नुपर्नेजस्ता माग राख्दै आउनुभएको छ ।
उनका माग मध्ये मनमोहन प्रतिष्ठान विधेयक संसदबाट फिर्ता लिने निर्णय सरकारले गरिसकेको छ । त्यस्तै चिकित्सा शिक्षा विधेयकलाई संसदमा पेश गरेको छ ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...