दशै मान्न करिव १५ लाख बढी मानिस राजधानीबाट बाहिरिए

काठमाडौं, असोज २२ ।
नेपालीहरुको महान पर्व दशैं मनाउन उपत्यकाबाट करिब १५ लाख बढी मानिस बाहिरिएका छन् ।

दशैका लागी उपत्यका छाड्नेकोे चाप बढ्दै गएको छ ।

राजधानीका बिभिन्न नाका भएर हिजो मात्रै १ लाख ३२ हजार भन्दा बढी नागरिक बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

१६ हजार ५ सय ६० सावारी साधनले हिजो एकैदिन यात्रु ओसारेका थिएए । आज फुतपातीका दिन अझै धेरै नागरिक उपत्यकाबाट बाहिरिने महाशाखाको अनुमान छ ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...