एसीडीको सम्मेलन आजबाट सुरु हुदै

काठमाडौं, असोज २२ । 
दोस्रो एसिया सहयोग संवाद (एसीडी) सम्मेलन आजबाट थाईल्याण्डमा सुरु हुदै छ ।

आजबाट २४ गते सम्म बैंककमा हुने सम्मेलनमा एसियाली मुलुकका बीच हवाई तथा सडक सन्जाल देखि अन्य सहयोग र सहकार्यका बिषयमा छलफल हुने छ ।

सम्मेलनमा कान्छो सदस्यको रुपमा सहभागी हुन लागेको नेपालले एसियाली सहकार्य र क्षेत्रीय संगठनहरुको सिद्धान्त अनुसार भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउन जोड दिने बताइएको छ ।

यस्तै एसिया सहयोग २०३० सम्मको दृष्टिकोण तयार गरिनुका साथै विकासको साझेदारका विषयमा पनि छलफल हुने सो सम्मेलनमा बैंकक घोषणापत्र समेत जारी गरिने बताइएको छ ।

सम्मेलनमा सार्क र विकिस्टेकको बिषयमा पनि साईडलाई छलफल गरिने जनँईएके छ । एसियाली मुलुकबीच ब्यापार र वित्तीय बजार बिस्तार गरि बिश्विव्यापि बजारमा एसियाली मुलुकको भूमिका खेल्ने लक्ष सम्मेलनको रहेको छ ।

नेपालका तर्फबाट सम्मेलनमा परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत , परराष्ट्र सचिव शङ्करदास बैरागी, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराई लगायतले सहभागीता जनाउनु हुनेछ । त्यसका लागी डा महत हिजै बैंकक पुगिसक्नुभएको छ ।

एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसीडी स्थापना भएको हो । नेपाल एसीडीको ३४औं सदस्य राष्ट्र हो ।

शनि, अशोज २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...