
काठमाडौं, असोज २२ ।
विश्वकप छनोट फुटबल अन्तर्गत् युरोपेली समूहका खेलहरुमा फ्रान्स, नेदरल्यान्ड्स, पोर्चुगल र बेल्जियम विजयी भएका छन् ।
समूह ‘ए’को खेलमा फ्रान्सले बुल्गेरियालाई ४–१ ले हराएको छ । यहि समुहको अर्को खेलमा बेलारुसलाई ४–१ ले नै पराजित गर्दै नेदरल्यान्ड्स विजयी भयो भने स्वीडेनले लक्जेम्बर्गलाई १–० ले हरायो ।
यस्तै, समूह ‘बी’को खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले एन्डोरालाई ६–० ले हराएको छ । आफ्नै राष्ट्रमा भएको खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डोले चार गोल गर्दा आन्द्रे सिल्भा र हुँवा कान्सेलोले एक–एक गोल थपे ।
यही समूहका अरु खेलहरुमा स्वीट्जरल्यान्डले हंगेरीलाई ३–२ ले तथा फारो आइल्यान्डले लात्भियालाई २–० ले हराएका छन् ।
यसैगरी, समूह ‘एच’को खेलमा बेल्जियमले बोस्निया हर्जगोभिनालाई ४–० ले र इस्टोनियाले जिब्रल्टारलाई पनि ४–० ले नै हराएको छ । ग्रीसले साइप्रसलाई २–० ले पराजित गरेको छ ।
शनि, अशोज २२, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य खेलकुद समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको