नयाँ शक्ति पूर्वमाओवादी समूहको रुपमा रहेको भन्दै मुमाराम बाहिरिए

काठमाडौं, असोज २१ ।
नयाँ शक्ति नेपाल केन्द्रीय परिषदका कार्यकारी सदस्य रहेका मुमाराम खनालले पार्टी परित्याग गर्नुभएको छ ।
आज विज्ञप्ती निकालेर नयाँ शक्ति पार्टी सम्पूर्णरुपमा पूर्वमाओवादी समूहकारुपमा रुपान्तरण भएकाले आफुले सो पार्टि परित्याग गरेको घोषणा गर्नुभएको छ ।

अनुशासनहिनता र अपारदर्शिता बढेको पनि उहाको आरोप छ । वैकल्पिक राजनीतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर डा. बाबुराम भट्टराई नेतृत्वको सो दलमा आफू समावेश भएको तर आफ्नो सोच पुरा नभएको उहाको भनाई छ ।

सो पार्टीका राजनीतिक संवाद समितिका संयोजक खनालले पार्टीमा निश्चित समूहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै अपारदर्शी कर्मलाई निरन्तरता दिएको र सम्पूर्ण पार्टीको उर्जा पूर्वमाओवादीको आफ्नै विगतको कचिंगलमा मात्र समय खर्चेको विज्ञप्तीमा उल्लेख छ ।

नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन नसक्ने खनालको भनाई छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया