प्रतिभाशाली सर्जक सुबास पुरीको आधुनिक गीत “हिमाल हल्लाउन सक्छु”बजारमा

असोज -काठमाण्डौ
अमेरिकालाई आफ्नो कर्मथलो बनाएका सुबाश पुरी को साङीतिक एल्बम श्रृङगार बजार मा आएको छ ।  बिदेशमा बसेर पनि आफ्नो सानै देखिको सङीत प्रतीको मोह अनि लगाब कहिले मन देखि कहिले मेटाउन नसकेका मिठो आवाजका धनी  सुबाशलाई उनको यो लगाब लाई पूरा गर्न पूरा साथ दिएका छन आहिलेका चर्चित गायक थानेश्वर गौतमले ।
सम्पुर्ण गीतको सङीत पनि गौतमकै रहेको छ। सुबाशको लागब र सङीत प्रतीको प्रेमलाई आफुले खुलेर साथ दिएको गौतम बताउछन। अ शीर्ष गीत “तिम्रो कम्मर कति छ मैयाँ” बोलको गीतमा थानेश्वर गौतम र सुबाश पुरी को आवज रहेको छ ।उक्त यल्बम मा ६ वटा गीत समाबेश गरिएको छ भने गीतकारमा सुबाश गौतम “तिम्रो कम्मर” र  प्रभा बर्तौलाले दुई वटा गीत दिएकि छन। ” हिमाल हल्लाउँन सक्छु” र  “म आउछु श्रृङार” ,”जाली रुमाल” बोलको गीत मा रमेश अधिकारीको शब्द रहेको छ भने दुई गीत म सुबाश पुरिकै शब्द रहेको छ ।उक्त एल्बममा रहेकका दुईवटा गीत को म्युजिक भिडियो बनेको छ । सबै गीत को भिडियो बनाउने तयारी सुबाश ले गरेका छन ।उक्त दुई गीतमा भिडियो निर्देशन चर्चित निर्देशक सुरज सिंह ठकुरीले गरेका छन भने तिम्रो कम्मर मा गम्भीर बिष्ट र बर्षा सिवाकोटिको  अभिनय रहेको छ । हिमाल हल्लाउँन सक्छु गीतमा निराजन र बेनिशा को अभिनय रहेको छ।  भर्खर मात्र रिलिज भएको हिमाल हल्लाउँन सक्छु गीत को भिडियो बजारमा आए  संगै सुबाशको चर्चा एकाएक उर्लिन थालेको छ । हिमाल हल्लाउन सक्छु गीतमा स्वरमा साथ दिएकि छिन  अहिले चर्चामा रहेकी गायिका सरु गौतमले । अहिले सुबाश आफ्नो गीत को प्रचारमा जुटेका छ्न उनको साङीतिक यात्रा सफल बनोस शुभकामना
भिडियो हेर्न तल क्लिक गर्नुहोस

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य मनोरञ्जन खबर समाचार

Like us On Facebook

Follow Us On Twitter