निर्वाचन सम्बन्धी विधेयकमा ६८ संसोधन प्रस्ताव दर्ता

काठमान्डौ, असोज २१ ।

व्यवस्थापिका संसदमा हालै प्रस्तुत भएको निर्वाचन सम्बन्धी विधेयकमाथि ६८ वटा संसोधन प्रस्ताव दर्ता भएका छन् ।

संसद सचिवालयले संसोधनका लागी आज अपरान्ह साढे ४ बजेसम्म दिईएको समयमा तीन वटा बिधेयकमाथि जम्मा ६८ वटा संसोधन प्रस्ताव दर्ता भएको छ।

राजनितिक दल सम्बन्धी कानुन संसोधन र एकिकरण गर्न बनेको बिधेयकमाथि ३५ वटा संसोधन परेको संसद सचिवालयले जनाएको छ ।

यस्तै निर्वाचन आयोगको काम ,कर्तब्य र अधिकार सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयकलाई २१ वटा तथा मतदाता नामावली सम्बन्धी कानुन संसोधन र एकिकरण गर्न बनेको बिधेयकमाथि १२ वटा संसोधन परेका छन् ।

सांसदहरुले दलगत र ब्यात्तिगत रुपमा संसोधन प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ । तर राजनितिक दलले दलगत रुपमा संसोधन प्रस्ताव दर्ता गराएको बताएका छन् ।

उता संसद सचिवयको बिधेयक शाखाले भने दलसांसदहरु सामुहिक र ब्यात्तिगत रुपमा आएर संसोधन प्रस्ताव दर्ता गराएको जनाएको छ ।

संसदिय दलको निर्णय अनुसार समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्ने माग सहित संसोधन प्रस्ताव दर्ता गराएके काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपालले हिजै विधेयक माथि संशोधन हालेका छन् ।
एमालेले भने प्रत्यक्ष तर्फ एक सिट जितेको वा कम्तिमा ३ प्रतिशत मत ल्याएको दलले मात्र समानुपातिक तर्फ सीट पाउनु पर्ने माग सहित संशोधन प्रस्ताव दर्ता गराएको प्रमुख सचेतक भानुभत्त ढकालले जानकारी दिनुभयो ।

यस्तै राप्रपा नेपालले दर्ता गरेको प्रस्तावमा बिधेयकमा उल्लेख भएको दलको चिन्ह सम्बन्धी प्रतिबन्धात्मक ब्यावस्था हटाउनु पर्ने माग गरेको छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया