हेलो सरकार दशैंमा पनि खुल्ला रहने

काठमाडौं, २१ असोज । जनताको गुनासो सुन्न हेलो सरकार दशैंमा पनि खुल्ला रहने भएको छ ।
हिन्दु नेपालीहरुको महान चाड बडादशैंका अवसरमा जनताले आफ्नो गुनासो राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सरकार बिदाका दिन पनि खुल्ला राख्ने ब्यवस्था मिलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । दशैको बिदामा सर्वसाधारणलाई पर्न सक्ने अप्ठेरो मर्कालाई सुनुवाई गरी तत्काल राहत दिन बिदाको समयमा पनि हेल्लो सरकारले सधैं झैं काम गर्ने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता दामोदार रेग्मीले आज विज्ञप्ति जारी गर्दै हेल्लो सरकार बिदाका दिन पनि खुल्ला रहने जानकारी दिएका हुन् ।
हेल्लो सरकार र सम्बन्धित निकायमा आउने गुनासोहरुको तत्कालै सम्बोधन गर्न केन्द्रीय स्तरका सबै निकायमा फोकल प्वाइन्ट र सहयोगी समूहको ब्यवस्था गरिसकिएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को कार्यालयको मातहतमा रहने गरी २०६८ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले हेल्लो सरकारको सुरुवात गरेका थिए । हेल्लो सरकारको सुरुवाती समयमा टेलिफोन मार्फत गुनासो सुन्ने गरिएपनि हाल टेलिफोनको साथै एसएमएस, फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालबाट पनि गुनासो सुन्ने व्यवस्था छ । हेल्लो सरकार केन्द्रबाट विकेन्द्रित भई क्षेत्रीय प्रशासन कार्यालयमा समेत गुनासो सुनुवाई हुन थालेको छ । हेल्लो सरकारको चारवटा ११११ मा फोन तथा एसएमएस गर्न सकिन्छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter