यस बर्षको दशै कसरी मनाउदै छन् त कलाकारले …

असोज -काठमाण्डौ 
नेपालीहरुको महान पर्व बडा दशैँ सबैको घर दैलोमा आइरहदा यता कलाकारहरु आ-आफ्नै तरिका बाट दशैँलाइ मान्दै आएका छन ।

यसै क्रममा लोकदोहोरी क्षेत्रमा अनबरत रुपमा लाग्नु भएका अग्रज तथा अनुज सर्जक गायक गायिकाहरुलाई हामीले प्रश्न गर्यौ “यो बर्ष तपाइ कसरि दशैँ मनाउदै हुनुहुन्छ ?” भन्ने प्रश्नमा उहाहरुकै उतर जस्ताको तस्तै :-

 लोकदोहोरी गायक राजु परियार
raju-pariyar
हामी नेपालीहरुको महान पर्व बिजया दशमी नजिक छ यसैमा रहेर बिभिन्न कार्यक्रमहरुमा सहभागी हुदै छु र दशैँ अझै टुंगो छैन कता होला धेरै ठाउमा कार्यक्रम परेको हुदा साहेद दशैँ कार्यक्रम तिरै व्यस्त हुन्छु।
मेरा सम्पूर्ण सुभचिन्तक तथा साथीभाईहरुलाई बिजया दशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु ,दशैँ कसैलाई दसा नबनोस यही कामना गर्दछु ।
गायिका देवीघर्ती
debi-gharti

मेरो दशैँ गत बर्ष जस्तै यो बर्ष पनि बिभिन्न कार्यक्रममै बित्दै छ २ दिनको लागि घर जान्छु होला टिकाको भोलिपल्ट फेरी कर्म थलो राजधानी फर्कने छु सब परिवार संगै जना पाइएला जस्तो चाइ छैन म आज टिकाको अगिल्लो दिन घर पुग्छु भने मेरो परिवार अगाडिनै जानुहुने छ ।

पशुपति शर्मा
pasupati-sharma
यसपाली मेरो दशैँ छैन र पनि टिकाको दिन घर जाने सोच भने बनाएको छु  धेरै स्टेज कार्यक्रमहरु छन सबैको चिता बजाउनै पर्यो सोहि कारण सबै कार्यक्रम सकेर घर जाने सोच बनाएको छु ।
दशैको यो अबसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा मेरो तर्फबाट हार्दिक सुभकामना व्यक्त गर्दछु ।

गायिका राधिका हमाल
radhika-hamal
गत बर्ष प्राय मेरो दशैँ बिदेशमा बित्थ्यो यो बर्ष भने नेपालमै हुने छ तर नेपालको बिभिन्न कार्यक्रममा सहभागी हुने छु बिभिन्न महतस्वमा व्यस्त हुने छु र घर पनि जान्छु सब परिवार र यसरीनै बित्ने छ मेरो दशैँ ।
शुभकामना भन्नु पर्दा सबै मेरा प्रिय भगवानरुपी स्रोता दर्शकहरुमा बिजया दशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु अरुको हेरेर दशैलाई खल्लो नबनाउनुस जस्तो छ तेसैमा आफुलाई सफल भएको महसुस गर्नुहोस यही कामना व्यक्त गर्दछु नवदुर्गा भवानीले तपाइको परिवारको कल्याण गरुन ।

बिमल डाँगी
bimal-dangi
यसपाली हामी अमेरिकामै दँशै मनाऊने छौं,मेरो घरपरिवारमा बिशेष गरी आमा पनि यही हुनुहुन्छ त्यसैले अहिलेको दँशै बिशेष नै हुनेछ,न्युयोर्कमा रहेका अन्य कलाकार साथीहरु पनी आमाको हातबाट टीका लगाऊन आऊने कुरा छ,खानपीन-नाचगान त छँदैछ र भेटघाट पनि बिशेष नै हुने सम्भावना छ!!!
 गायिका मुना थापा मगर
muna-thapa-magarq
यसपालिको दशैँ मेरो भन्नु पर्दा गाउघरतिरै बित्ने छ परिवार संग रमाइलो गर्ने सोच बनाएको छु त्यसैले यो बर्ष मेरो अलिक बिशेष हुने छ यही दशैँ हाम्रो बिशेष पर्व भएको हुदा सबैले यो पर्वलाई रमाइलो पर्वको रुपमा लिनुहोला सबैमा मेरो तर्फाबाट बिजया दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

सर्जक कस्तुप पन्त
kastup-panta

यसपाली को दशै कर्म थलो काठमाडौ लाई बनाए पनि मेरो जन्म घर पर्बत लिमिठाना घरमा नै  92 बर्ष कि हजुर आमा,आमा बुबा  मान्य जन को हात बाट टीका तथा आशिर्वाद  लिने तयारीमा छु दशै लाई तडक भडक नबनाउने  आफ्नो गक्ष अनुसार खर्च गर्ने तयारिमा छु। अन्त मा सम्पुर्ण हिन्दु धर्मावलम्बी हरुलाइ बिजया दशमी को मंगल मय शुभकामना।
पूर्णकला बिशी
purnakala-bc
दशैँ मेरो गाउमा गएर मनाउदै छौ फुलापातिकै दिनमा पोखरा जादै छु र संगै टिकाको भोलिपल्ट  माइती गाउ  बर्दिया जादै छु  र संगै दशैँ सकिएर म फेरी  राजधानी फर्कने सोच बनाएको छु ।
यस्तै छ राम्रो संग मनाउनुहोला दशैँ तिहार भन्छु सबैलाई दशैको हार्दिक सुभकामना दिन चाहन्छु अरुको देखासिकी भन्दा पनि आफ्नो परिवारलाई सुहाउने दशैँ मान्नुहोला भन्ने कामना पनि गर्दछु ।
मोडल महेन्द्र गौतम
mahendra-gautamj
दशैँ खासै बिसेष तरिकालेनै मनाउनु पर्छ भन्नेत् छैन किनकि बर्षौ देखि चलि आएकै चलनलाइ हामीले मान्दै आएका हौ जमरा लगाउने टिका थाप्ने अनि परदेशमा रहेका दाजु भाइ नेपाल फर्कने र रमाइलो गर्ने यसैलाई हामीले दशैँ भन्दै आएका छौ बच्चा उमेरमा चाइ धेरै रमाइलो गरिन्थ्यो दशैमा अहिले अलिक फरक हुदै गए र पनि दशैँ मनाउने क्रम जारि छ ।
यस पर्वको सम्पूर्णलाई हार्दिक सुभकामना व्यक्त गर्दछु ।
गायिका तथा मोडल सुशिला गौतम
sushila-gaua
सम्पूर्ण कार्यक्रम स्थगित गरेरै भएपनि दसैं चाहिँ म घर परिवार आमा बुबा सँगै मनाउने गरेकी छु ,त्यसैले यसपालिको दसै चाहिँ गुल्मी मै हुनेछ । बर्ष भरि कामले घर जान नपाएनि दसैंमा चाहिँ सबैकुरा छोडेर परिवारसँग मनाउन जाने हुदा दसैले फरक खुसि दिएको महसुस हुन्छ पुरानो साथीहरू पनि भेट हुदा एकदमै रमाइलो लाग्छ ।साथमा मान्यजनको हातबाट टीका जमरा आशिर्वाद ग्रहण गर्ने ,विभिन्न परिकारको साथ त छदैछ ।सम्पूर्ण नेपालीहरुलाई दशैको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मोडल बिमल अधिकारी
bimal-adhikari

मैले दशै दशै हिन्दु हरुको एक महान चड हो राछेस हरु को अन्त्य गरि देबि दुर्गा माता ले बिजयी गरि औता उत्सव को रुप मा मनाउने  यौटा चाड हो म पनि मेरो हजुर बुवा आमा बुवा आमा सङ टीका जमरा लागायर आशिष् लिन्छु अनि 7.8 ठाउमा प्रोग्राम छ तेतै ब्यस्त हुन्छु पिङ खेल्ने रङ रमैलो गर्ने यहि नै हू सम्पूर्णलाई बिजया दशमीको मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछु सादा जीवन उच्च बिचार बोकेर यो पर्व मनाउनुहोला अरुले के खायो के लायो भन्दा पनि आफुले कसरि पर्वालाई मनाउने भन्ने तिर ध्यान दिनु होला यसैले हामीलाई राम्रो बनाउने छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य मोडेल समाचार