सशस्त्र प्रहरीले ४३ ठाउँमा लिङ्गेपिङ हाल्यो

काठमाडौं, २१ असोज । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको अवसर पारेर सशस्त्र प्रहरी बलले ४३ ठाउँमा लिङ्गेपिङ हालेको छ। सर्वसाधारणलाई मनोरञ्जन दिने उद्देश्यले सशस्त्रले आज बिहानसम्म देशभर करीब ४३ ठाउँमा लिङ्गेपिङ हालेको हो।
सशस्त्र प्रहरी बलको युनिट नजिकै तथा सर्वसाधारणलाई पायक पर्ने ठाउँमा लिङ्गेपिङ हालिएको छ।
उपत्यकाको बलम्बु, घट्टेकुलो, सुकेधार, पुरानोबानेश्वर, सिनामंगल, धुम्बाराही, सल्लाघारी, नारायणटार, निलबाराही मन्दिर, खुमलटार, कुसुन्ती, भैसेपाटी, पाँगा र चोभारमा गरी १६ वटा तथा पूर्व क्षेत्रमा ९ वटा, मध्य क्षेत्रमा ६ वटा, पश्चिम क्षेत्रमा ७ वटा र मध्यपश्चिम क्षेत्रमा ५ वटा गरी कूल ४३ स्थानमा लिङ्गेपिङ हालिएको छ भने अझै केही स्थानमा लिङ्गेपिङ हाल्ने क्रममा जारी छ।
सशस्त्र प्रहरी बलले विगतका वर्षहरुमा पनि यसैगरी सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले दशैं, तिहार तथा छठको अवसर पारेर विभिन्न ठाउँमा लिङ्गेपिङ हाल्ने गरेको थियो।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...