संविधान कार्यान्वयनमा गम्भिर हुन केसीको आग्रह

काठमाडौं, असोज २१ ।

सहरी विकास मन्त्री अर्जुनरसिंह केसीले एक महिना भित्र संबिधान संोधन गरि मधेसी मोर्चा सहित असन्तुष्ठ पक्षको माग सम्बोधन गरिने बताउनु भएको छ ।

राजधानीमा आज आयोजित साक्षात्कारमा मन्त्री केसीले दशै लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी भैसकेको बताउनुभयो ।

दशैं सकिएको १५ दिनदेखि एक महिनाभित्रै संसोधन प्रस्ताव सदनमा प्रस्तुत हुने उहाको भनाई छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि संविधान संशोधनमा सहमती जनाउनेमा आफूहरु विश्वस्त रहेको भन्दै केसीले संविधानलाई सर्वस्वीकार्य बनाउनु प्रमुख दलहरुको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

संविधानलाई लिएर असन्तुष्टि पोख्ने दलहरुको मागलाई समेत सम्बोधन गर्ने उद्देश्यले सरकारले द्रुत गतिमा काम गरिरहेको जानकारी दिनुभयो ।

केसीले संविधान कार्यान्वयनतर्फ दलहरु गम्भीर नबने प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै दलगत स्वार्थ र कुनैपनि आग्रह पूर्वाग्रहभन्दा माथि उठेर संविधान कार्यान्वयन गर्न सबै दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter