कांग्रेसले संशोधन प्रस्ताव दर्ता गर्ने

काठमान्डौ असोज २१ ।
व्यवस्थापिका संसदमा हालै प्रस्तुत भएका निर्वाचन सम्बन्धित विधेयकहरुमाथि नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ ।

दुइ दिन लगातार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले समानुपातिक तर्फ ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नु पर्ने माग सहित संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको हो ।

सो विधेयक माथि सैद्धान्तिक छलफल गर्देै संसदले संशोधन प्रस्ताव दर्ता गर्न सांसदहरुलाई ७२ घण्टाको समय दिएको थियो । जनु समयावधि आज सकिदै छ ।

थ्रेस होल्डको व्यवस्थाले केहि साना दलहरुकोृ अस्तित्वलाई र्नै असर पार्ने भन्दै कांग्रेसका केहि नेृताहरुले आपत्ति जनाए पछि बैठकमा केहि समय विवाद उत्पन्न भएको थियो ।

यस अघि प्रत्यक्ष तर्फ एक सिट जितेको वा कम्तिमा ३ प्रतिशत मत ल्याएको दलले मात्र समानुपातिक तर्फ सीट उपलब्ध गराउनु पर्ने भन्दै कांग्रेसले छलपलल गरेको थियो ।

पार्टी गत निर्णय पछि कांगैसले आजै संशोधन प्रस्ताव दर्ता गर्ने जनाएको छ । आफूले गरेको निर्णय बारे कांग्रेसले संसदमा प्रतिनिधीत्व गर्ने सानादलहरु सँग पनि छलफल गर्ने बताइएको छ ।

संयुक्त रुपमा चुनावमा भाग लिने दललाई एउटै चुनाव चिन्ह प्रदान गर्ने लगायतका विषयमा छलफल भए पनि एक मत हुन नसकेपछि कांग्रेसले कुर्नै निर्णय गर्न सकेन ।

पार्टीभित्र छलफल जारी रहे पनि हिजै सांसद भरत कुमार सिंहले ५ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था हुनपर्ने माग सहितको संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ ।

एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा नेपालले हिजै विधेयक माथि संशोधन हालेका छन् । प्रत्यक्ष तर्फ एक सिट जितेको वा कम्तिमा ३ प्रतिशत मत ल्याएको दलले मात्र समानुपातिक तर्फ सीट पाउनु पर्नेको माग सहित एमालेले संशोधन प्रस्ताव दर्ता गराएको छ । एमालेका केहि सांसदहरुले भने राष्ट्रिय दलहुन ५ प्रतिशत मत ल्याउनु पर्ने माग गर्दै संशोधन दर्ता गराएका छन् ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...