उपत्यका छाड्ने यात्रुको चाप पढ्यो , १२ लाख बढी मानिस बाहिरिए

काठमाडौं, असोज २१ ।
नेपालीहरुको महान पर्व दशैं मनाउन उपत्यकाबाट बाहिरिनेहरुको चाप पछिल्लो समय निकै बढेको छ ।

दशैं शुरु भएपछिको ६ दिनमा राजधानीबाट १२ लाखभन्दा बढी मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकाका नाकाहरुमा विशेष चहलपहल छ । नागढुंगा, साँखु, साँगा, बल्खु, मुड्खु, टोखालगायतका नाकामा दशैंका लागि घर फर्किने सर्वसाधारण चढेका सवारी साधनको लाम लागेको छ ।

दशैंलाई लक्षित गरी यातायात व्यावसायीहरुले थप बसको समेत व्यवस्था गरेका छन् । यात्रुलाई सुरक्षित यात्रा गराउन राजमार्गमा सुरक्षा गस्ती, छड्के चेकजाँच बढाइएको छ ।

अझै तीन दिनसम्म उपत्यकाबाट बाहिरिनेको संख्या बढ्ने ट्राफिक महाशाखाको अनुमान छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि यात्रुको अझै केही दिन बढ्ने जनाएको छ ।

शनिबार फूलपाती र सँगै सरकारी बिदा परेकाले काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढ्ने देखिएको छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...