राजधानीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

काठमाडौं, असोज २१
राजधानीको कलंकीमा आज विहान बसले मोेटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर फापरबारीका ४३ वर्षीय रत्नबहादुर राईको मृत्यु रहेका छन् ।

ना ५ ख २०६१ नम्बरको बसको ठक्करबाट घाइते भएका बा ३२ प २४३६ नम्बरको मोटरसाइकलका चालक राईको उपचारको क्रममा सिटी सेन्टर अस्पताल कंलकीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बसका सहचालकलाई पक्राउ गरिएको छ भने चालक फरार रहेका छन् । उनको खोजी भैरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया