परराष्ट्रमन्त्री महत आज बैंकक जादै

काठमान्डौ असोज २१ ।
दोस्रो एसिया सहयोग संवाद (एसीडी) सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज बैंकक प्रस्थान गर्दै हुनुहुन्छ ।

सो सम्मेलन यही असोज २२ देखि २४ गते बैंककमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘एक एसिया, विविध बल’ विषयमा हुने सो सम्मेलनमा मन्त्री डा. महतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

एसिया सहयोग २०३० को दृष्टिकोण र विकासको साझेदारका विषयमा पनि छलफल हुने सो सम्मेलनमा बैंकक घोषणापत्र जारी गरिनेछ ।

मन्त्री डा. महतसँगै परराष्ट्र सचिव शंकरदास वैरागी, थाइल्यायन्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी र सहसचिव मणिप्रसाद भट्टराई लगायत सम्मेलनमा सहभागी हुनुहुनेछ ।

एसियाको क्षेत्रीय सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००२ जुनमा एसीडी स्थापना भएको हो । नेपाल एसीडीको ३४औं सदस्य राष्ट्र हो । मन्त्री डा. महत आगामी असोज २५ गते स्वदेश फर्कनु हुने छ ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter