निर्वाचन सम्बन्धिको विधेयकमा आज कंग्रेसले आफ्नो धारण तय गर्दै

काठमान्डौ असोज २१ ।
व्यवस्थापिका संसदमा हालै प्रस्तुत भएका निर्वाचन सम्बन्धित विधेयकहरुमाथि नेपाली कांग्रेसले आज आफ्नो धारणा तय गर्ने भएको छ ।

हिजोदेखि सुरु भएको बैठकको दोस्रो दिन आज कांग्रेस संशोधन सहित विधेयकका प्रावधानबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

सो विधेयक माथि सैद्धान्तिक छलफल गर्देै संसदले संशोधन प्रस्ताव दर्ता गर्न सांसदहरुलाई ७२ घण्टाको समय दिएको थियो । जनु समयावधि आज सकिदै छ ।

सिंहदरबारमा अहिले केहिवेरमा बस्ने बैठकले संशोधन दर्ता गर्न विषय पहिल्याउदैै संशोधन गर्न कार्यदल गठन गर्ने संम्भावना रहेको बताइएको छ ।

थ्रेस होल्डको व्यवस्था प्रत्यक्षमा प्राप्त मतका आधारमा समानुपातिक तर्फको सीट निर्धारण संयुक्त रुपमा चुनावमा भाग लिने दललाई एउटै चुनाव चिन्ह प्रदान गर्ने लगायतका विषयमा कांग्रेसले धारणा बनाउन लागेको हो ।

शुक्र, अशोज २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter