प्रेस काउन्सील फेरी खिलाले खाएको भन्दै असन्तुष्टी


असोज २० काठमाण्डौं । अहिले माओवादी केन्द्र सरकारको नेतृत्व गरीरहेको छ । यस्तो अवस्थामा यस पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टरको प्रथम अधिबेशन असोज १३ र १४ गते सम्पन्न भएको छ ।
यस पृष्टभूमिमा पहिले नै नेतृत्व गरीसकेका र असफल भईसकेका नेता महेश्वर दाहाललाई पार्टी एकताका क्रममा आए पछि नेतृत्व दिएको भन्दै प्रेस सेन्टर भित्र तीव्र असन्तुष्टी बढीरहेका बेला राजनीतिक नियुक्तिका अन्य ठॉउहरुका बारेमा समेत संगठनका विभिन्न क्षेत्रका केन्द्रीय सदस्यहरु असन्तुष्ट बनेका छन् ।

kishor-shrestha
उनीहरुले कसैलाई कसैलाई पुर्पुरोमा हात हुने गरी नियुक्ति र जागिरको व्यवस्था गरिएको भन्दै आलोचना गरीरहेको बुझिएको छ ।
पछिल्लो समय प्रेस काउन्सीलमा नियुक्तिको विषयले फेरी चर्चा पाएको छ । असोज ९ गते एकै साथ राजीनामा दिएर खिला बहादुर भण्डारी र किशोर श्रेष्ठले काउन्सीलमा बसेर काम गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । तर फेरी असोज १३ गते तत्कालै पुननियुक्ति पाए पछि संगठनभित्र असन्तुष्टी चुलिएको हो ।
प्रेस काउन्सीलमा चार वर्ष अघि नियुक्त भएका र पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका खिला बहादुर भण्डारीले आफ्नो कार्यकाल सकिनु चार महिना अघि नै राजीनामा दिएको नाटक गरेर फेरी काउन्सीलेको सदस्य पड्काएको भन्दै संगठनका पुराना कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् । उनीहरुले पार्टीका नेताहरु, मन्त्री सुरेन्द्र कार्की पार्थको समेत आलोचना गरेका छन् ।

untitled
बिराटनगरबाट लामो समयदेखि जनविद्रोह दैनिक चलाउदै आएका बिबेक गौतमले फेसबुकमै खिला बहादुर भण्डारी र एमाले निकट पत्रकार किशोर श्रेष्ठलाई राजीनामा पछि पुनः नियुक्ति दिएको , काग्रेसका महासमिति सदस्य ईस्वरी ओझा र जनकपुर मन्दिरका पुजारी नवलकिशोर यादवको नियुक्ति भएकोमा ब्यङग्यात्मक रुपमा विरोध जनाएका छन् ।
किशोर श्रेष्ठ र खिला बहादुर भण्डारीले एकै दिन राजीनामा दिएर लगत्तै पुनः नियुक्ति लिएका थिए । किशोर श्रेष्ठले त धेरै पटक सदस्य भएर खाएको उनीहरुको तर्क छ ।
सयोगबस अहिले दुवै जना विश्व प्रेस काउन्सीलको सम्मेलनमा सहभागी हुन साईप्रसमा पुगेका छन् ।
त्यस्तै अन्य केन्द्रीय सदस्यहरुले मन्त्री पूर्वको भएर पनि एक जना पनि मेचीकोशीबाट सदस्य नबनाएकोमा उनको आलोचना गरेका छन् ।
नाम उल्लेख नगर्ने शर्तमा एक केन्द्रीय सदस्यले पार्टीले पैसा र पहुच हुनेलाई मात्र नियुक्ति दिने काम किन गरीरहेको छ बुझ्न सकिएको छैन भन्दै सबैले अवसर पाउनु पर्ने तर्क गरेका छन् । खिला बहादुर भण्डारीले चार वर्ष काउन्सीलको सदस्य भएर ५ सय प्रति मात्र निस्कने आफ्नो समावेशी मासिकलाई क वर्गमा पारेर खाएको, पत्रकार महासंघको उपाध्यक्ष पनि भईरहेको अवस्थामा अर्को चार वर्षलाई फेरी काउन्सील सदस्य किन बनाएको ? के यो संगठनमा अरु मान्छे छैन ? भन्दै आपत्ति प्रकट गर्न थालेका छन् ।
यस विषयमा प्रतिकृया लिने हाम्रो प्रयास भण्डारी विदेशमा रहेका कारण सफल हुन सकेन ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया