निर्वाचन आयुक्त ईला शर्माले भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त कुरैसीसग‘ बिबाह गर्ने चर्चा ?

असोज २० काठमाण्डौं । भारतका पूर्व मुख्य निर्वाचन आयुक्त एसबाई कुरैसीसग‘ छिट्टै बिबाह गर्न लागेको चर्चा भारतीय सञ्चार माध्यमले गरेका छन् ।
अग्रेजी अखबार टेलिग्राफलाई उद्धृत गर्दै दैनिक जागरणले उनीहरुको छिट्टै बिबाह हुने दावी गरेको छ ।

६९ वर्षे कुरैसी र नेपालकी आयुक्त शर्माबीच गत वर्ष मेक्सीकोमा स्वच्छ चुनावका बिषयमा भएको एक गोष्टीका क्रममा भेट भएको थियो ।
कुरैसीले आफूहरुबीच व्यक्तिगत सम्बन्ध रहेको स्वीकार गर्दै बिबाह कहिले हुन्छ भन्ने कुरा बताउन भने नमानेको खबर छापिएको छ । पहिला पनि उनीहरुबीच बिबाहको प्रयास भए पनि दुवै तर्फबाट पारीवारीक दवावका कारण बिबाह हुन सकेको छैन ।

कुरैसीले आफ्नी पत्रकार श्रीमतिसग‘ यस अघि सम्बन्ध बिच्छेद गरेका थिए । यता ईला शर्माका पति प्रहरीको सई थिए , जो माओवादी द्धन्दका क्रममा १५ वर्ष अघि मारिएका थिए । ईला शर्माको निर्वाचन आयोगमा कार्यकाल अझै २ वर्ष बाकी रहेको छ ।
ईला शर्माले भारतको गोरखपुर विश्व विद्यालयबाट अध्ययन गरेकी थिईन् । आयुक्त शर्माको दुई छोरी छन् ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...