डा.केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै ,आजबाट ओपिडि बन्द

काठमाण्डौ ,२० असोज ।
अनशनरत प्रा. डा गोविन्द केसीको मागप्रति समर्थन जनाउदै राजधानीको महाराजगन्स्थित शिक्षण अस्पतालका आवासिय चिकित्सकले आजबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

रेजिडेन्ट डाक्टर एसोसिएसनले हिजो विज्ञप्ती जारी गर्दै केसीको मागलाई सम्बन्धीत पक्षले चासो नदेखाएको भन्दै ओपिडि सेवामा सहभागी नहुने जनाएको थियो । आजबाट चिकित्सिकले आकस्मीक बाहेकका सबै सेवा बन्द गरेका हुन् । यस्तै आवासिय चिकित्सकले अनशनरत प्रा.डा गोविन्द केसीलाई अनशनबारे पुनरर्विचार गर्न आग्रह गर्ने भएका छन् ।

दशै नजिकिएको र सो बेला सबै सरकारी कार्यलय बन्द हुने भएकोले अनशनका बारेमा पुनरविचार गर्न आग्रह गर्ने भएका हुन् । सरकारी पक्षबाट हालसम्म माग संबोधनका लागी वार्ता टोली समेत नबनेकोले जारी अनशन स्थगित गर्न माग गर्दै आज साझ डा केसी सँग आवासिय चिकित्सकले छलफल गर्ने तयारी गरेका छन् ।

डा केसी र चिकित्सकबीच आजै साझ छलफल हुने रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष लेजन महर्जनले बताउनु भएको छ । नवौंपटकको आमरण अनशनमा बस्नुभएका केसीले मेडिकल शिक्षामा सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने माग राख्नुभएको छ ।

आफ्ना माग पुरा नभएसम्म अनशन नतोड्ने पनि उहाले बताउनु भएको छ ।

यसैबीच त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनशनमा रहनुभएक केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

अनसनको ११ औ दिन आज उहाको मांसपेसी बाउडिने, छाति दुख्ने,मुटुको चाल कम , रिंगटा लाग्ने रक्तचाप कम हुनेलगायतका समस्या देखिएको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया