सरकारले सचिव तथा सहसचिवको नियमित कार्यसम्पादन मूल्यांकन गर्ने


काठमाण्डौ ,२० असोज ।

सरकारले नेपाल सरकारका सचिव तथा सहसचिवहरुको नियमित कार्यसम्पादन मुल्यांकन गर्ने भएको छ ।

मन्त्रीपरिषदको आज बसेको बैठकले सचिव र सहसचिवहरुको नेतृत्व क्षमता र कार्यसम्पादन मूल्यांकन गर्न निर्णय गर्ने पूर्व सचिवहरुको नेर्तत्वमा समिति समेत गठन गरेको छ ।

समितिमा पूर्व सचिवहरु मधुरमण आचार्य र सुरेशमान श्रेष्ठ रहेका छन् । समितिले नियमित रुपमा सचिव तथा सहसचिवहरुको कार्यसम्पादनको मूल्यांकन गरेर सरकारलाई रिपोर्ट दिनुपर्नेछ ।

यस्तै मन्त्रीपरिषदले दशैं–तिहारको अवधीमा वन फडानी रोक्न करार सकिएका ४ सय ५० वनपालेलाई तिहारसम्म काममा नै राख्ने निर्णय पनि गरेको छ । तिहार पछि लोकसेवा आयोगसँग छलफल गरेर अगाडि बढाउने बैठकले निर्णय गरेको छ ।

मन्त्रीपरिषदले प्युठानको पहिरोमा परी मृत्यु भएका परिवारका सदस्यलाई १५–१५ हजार रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । पैसा दशैं अघि नै उपलब्ध गराउन निर्देशन दिइएको छ ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया