मोर्चाका मागका बिषयमा स्पष्ठ जवाफ दिन गच्छादारको माग

विराटनगर, २० असोज ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशी मोर्चाले उठाएका माग संबोधनका बारे सरकारले स्पष्ठ जवाफ दिनुपर्ने बताउनु भएको छ ।

मोर्चाका सबै माग पुरा गर्न नसकिने भन्दै जिम्मेवार ब्यत्तिहरुले नै सार्वजनिक रुपमा बोल्ने गरेको भन्दै उहाले पुरा गर्न सकिने मागका बारेमा स्पष्ठ पार्न माग गर्नुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै अध्यक्ष गच्छदारले संविधान संशोधनलगायतका माग सरकारलाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै ढिला गरे पछुताउनु पर्ने चेतावनी पनि दिनुभयो ।

मोर्चाले उठाएका माग छठ पर्वअघि नै टुंगोमा र्पुयाउन सुझाव दिदै उहाँले मोर्चासँग सहमति कायम गरेर नयाँ निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी २०७४ साल माघ ७ गतेभित्र तीन चरणको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले संविधान संशोधन र कार्यान्वयनका लागि सबै दल एक ठाउँमा आउनुको विकल्प नभएको अध्यक्ष गच्छदारको भनाई छ ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया