तनहुमा बस दुर्घटना हुदा ५० घाइते

तनहुँ ,२० असोज ।
तनहुको डुम्रे बजारबाट दमौलीतर्फ जादै गरेको यात्रु बस दुर्घटना हुँदा ५० जना घाईते भएका छन् ।

ग १ ख ४१५३ नम्बरको बस व्यास–१, अम्रेनी स्थित सडक छेउको खेतमा पल्टिएको हो । बसमा सवार सबै सामान्य घाइते भएका प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनु भयो ।

बस तीव्र गतिमा रहेकोले अनियन्त्रित भइ पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाइतेहरुको जिल्ला सदरमुकामस्थित दमौली अस्पताल, रत्नहरी मेमोरियर अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सबैको अवस्था सामान्य भएकोले बेलुकीसम्म घर फर्किसक्ने अस्पतालले जनाएको छ ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया