काग्रेसले निर्वाचन विधेयकबारे साझा धारणा बनाउन अन्य दलसँग छलफल गर्ने

काठमाण्डौ ,२० असोज ।
नेपाली काग्रेसले संबिधान संसोधन आवश्यक रहे नरहेको बारेमा भोली पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।

ब्यवस्थापिका संसदमा हालै प्रस्तुत भएका निर्वाचनसँग सम्बन्धित विधेयकमाथि धारणा बनाउन आज बसेको कांग्रेस शिर्ष नेतृत्वको बैठकले भोलीसम्म थप छलफल गरि निश्कर्षमा पुगिने निर्णय गरेको हो ।

यस्तै अन्य दलहरुसँग समेत छलफल गरी निर्वाचन सम्बन्धि ती विधेयकमा साझा धारणा बनाउने कांग्रेसको तयारी छ ।

काठमाडौंमा बसेको बैठकमा थ्रेस होल्डको ब्यवस्था, संयुक्त रुपमा चुनावमा भाग लिने दललाई एउटै चुनाव चिन्ह प्रदान गर्ने, २५ हजार रुपैयां भन्दा बढी चन्दा बैंकमार्फत लिनु पर्ने लगायत बिषयमा छलफल भएको छ ।

संसोधन प्रस्ताव दर्ता गर्न आवश्यक भए नभएकोबारे समेत छलफल भएपनि निश्कर्षमा पुग्न नसकेपछि भोली बिहान पुन ः बैठक बसी निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

गत मंगलवार बसेको संसद बैठकमा सरकारले निर्वाचन आयोगको काम, कर्तब्य, र अधिकारसम्बन्धी कानुनलाई सम्बोधन र एकीकरण गर्न बनेको विधेयक, राजनीतिक दलसम्बन्धी कानुन सम्सोधन र एकीकरण गर्न बनेको विधेयक तथा मतदाता नामावलीसम्बन्धी कानुन सम्सोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेको थियो ।

विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै संसदले संसोधन प्रस्ताव दर्ता गर्न सांसदलाई ७२ घण्टाको समय दिएको छ ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य ब्यानर समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter