पेप्सी र कोकाकोला खादा ध्यान पुर्याउनुहोस् कतै विष त पिईरहनु भएको छैन ?

असोज २० काठमाण्डौं । बहुराष्ट्रिय कम्पनी द्धारा उत्पादन तथा वितरण हुदै आएको पेप्सी र कोकाकोलामा विषाक्त पदार्थ फेला परेको छ ।
भारतको एक सरकारी अनुसन्धानले पेप्सी , कोकाकोला, माउन्टेन ड्यु, स्प्राईट, सेभेन अपको स्याम्पल लिएर गरिएको नमुना परीक्षणका क्रममा विभिन्न विषाक्त पदार्थ फेला परेको हो ।

पेस्सीकै सहायक प्रोडक्टको रुपमा माउन्टेन ड्यु र सेभेन अप रहेका छन् भने स्प्राईट कोकाकोलाको सहायक उत्पादन हो । यी पेय पदार्थहरुमा अधिक धातु, लेड, क्रोमियम, केडियम र एथिल हेक्लिस फाईथेलेट जस्ता विषाक्त तत्व फेला परेको हो । यीनीहरुका सेम्पल गत फरवरी मार्च महिनामा संकलन गरिएको थियो ।

भारतको स्वास्थ्य मन्त्रालय अन्तर्गत ड्रग टेक्निकल एडभाईजरी बोर्डले कोलकत्ताको अल ईन्डियन ईन्सटीच्युट अफ् हाईजिन एण्ड पव्लिक हेल्थमा अनुसन्धान गरेर यो विवरण सार्वजनिक गरेको हो । ती पेय पदार्थहरुमा गर्मी ठाउमा राख्ने वित्तिकै ती तत्वहरुको प्रभाव बढ्ने गरेको छ ।

coke

यता नेपालमा पनि उत्पादन हुने मापदण्ड त्यही भएकाले यहा पनि कोकाकोला र पेप्सी सहितका पेय पदार्थहरु पिउदा ध्यान दिनु पर्ने न्युट्रीसियनहरुको भनाई छ ।

नेपालमा नजिकिएको पर्व दशै तिहारमा कोकाकोला र स्प्राईट तथा पेप्सीको ठूलो व्यापार हुने गर्दछ । यस अघि कोकाकोलामा लेदो र माउनटेन ड्युमा सुपारी भेटिएको खबर सार्वजनिक भएको थियो । नजिकिएको दशैमा यस्ता पेय पदार्थहरु सके सम्म प्रयोग नगर्न न्युट्रीसियनहरुको आग्रह छ ।

 

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...