तनहुँको आँबुखैरेनी सडकखण्ड एक तर्फी रुपमा सञ्चालनमा

काठमान्डौ असोज २० ।
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी सडकखण्डमा गएरातिबाट एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ । अहिले चार वटा डोजरको सहायताले पहिरो पन्छाएर सडक दुइतर्फी रुपमै खुलाउने प्रयास भइरहेको छ ।

सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने हजारौं यात्रु बिहानैदेखि अलपत्र परेका छन् । सडक एकतर्फी खुलेपनि अवस्था पूरै सहज हुन भने समय लाग्ने तनहुँ ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सडक एकतर्फी खुलेपछि गोरखा, पोखरा, बाग्लुङ, म्याग्दी, पर्वत लगायतका ठाउँ जाने र मुग्लिनतर्फ आउने गाडी आलोपालो गरी चलिरहेका छन् ।

आँबुखैरेनीको पहिरोको कारण मुग्लिनसम्मै गाडीको लाम लागेकाले मुग्लिन नारायणगढ सडकखण्डमा पनि गाडीको चाप बढेको छ । गत मंगलबार तनहुको ऐरापहरा सडकखण्डमा पहिरो खसे पछि दुइ दिन देखि सडक अवरुद्ध भएको थियो ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया